देश बिदेशमा रहनु भएका रेग्मी बन्धुहरुको चाहना बमोजिम २०७७ चेत्र ७ गते काठमाण्डौको त्रिभूवन
स्मारक पार्क, थानकोटमा भएको रेग्मी बन्धुहरुको ऐतिहासिक भेलाबाट गठन भै२०७८ साल श्राबण ३
गते कम्पनी रजिष्टारको कार्यालय, काठमाण्डौमा कम्पनी ऐनको दफा १८ को उपदफा ६ अनुसार
मुनाफा बितरण नगर्ने सामाजिक संस्थाका रुपमा दर्ता भएकोब्यहोरा स्मरण गराउन चाहन्छु । कौशिक
गोत्रका मुल पुरुष कौशिक ऋषिका सन्ततीहरु मध्ये रेग्मीबन्धुहरुलाई संस्थागतरुपमा नै एकताबध्द
गराउदै रेग्मीहरुका छरिएर रहेका बंशाबलीहरु संकलन गरी रेग्मी बंशाबली प्रकाशन गर्ने लगायतका
ऐतिहासिक कार्यहरु गर्दै आइरहेको यस समाजले बिबिध अबरोध र असहज परिस्थितीलाई पन्छाउदै
पौष २७ मा सम्पन्न दोश्रो बार्षिक साधारण सभाको स्वीकृत बार्षिक कार्यक्रम र समाज प्रति
आस्थावान रेग्मीबन्धुहरुका सल्लाह र चाहना अनुसार समाजका गतिबिधीहरु एबं महत्वपूर्ण सूचनाहरु
एकीकृतरुपमा संप्रक्षण गर्ने उद्देश्यले समाजको आफ्नै वेभसाइट संचालनमा आएको ब्यहोरा सहर्ष
जानकारी गराउन चाहन्छु । यस सुखद अबशरमा हामीलाई सल्लाह, साथसहयोग र उत्प्रेरणा दिनु हुने
संपूर्ण आदरणीय ब्यक्तित्वहरु, रेग्मी परिवार लगायत संपूर्ण शभेच्छुकहरु प्रति हार्दिक बधाईका साथ
आगामी दिनहरुमा पनि यहांहरुको साथसहयोग पाइनै रहनेमा आशा एबं बिश्वास गरिएको छ । समाजको इमेल र वेभसाइट निम्न अनुसार हुनेब्यहोरा समेत जानकारीका
लागि अनुरोध गरिन्छ ।